किशोर-किशोरीको हत्या आरोपमा ४ जना पक्राउ

नेपालभ्युज

किशोर-किशोरीको हत्या आरोपमा ४ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। दाङमा किशोर र किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा शव भेटिएको थियो।

सो हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको दाङका एसपी वीरबहादुर ओलीले बताए। पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेकाहरूलाई प्रहरीले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ। तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए। उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved