प्रचण्ड र देउवाको लभ परिसक्यो : खगराज भट्ट

नेपालभ्युज

प्रचण्ड र देउवाको लभ परिसक्यो : खगराज भट्ट

डडेलधुरा। माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा डडेलधुरा प्रदेश (क)का उम्मेदवार खगराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच लभ परिसकेको बताएका छन् ।  शनिबार डडेलधुराको अजेयमरु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टले प्रचण्ड र देउवाको गाढा सम्बन्ध भइसकेको बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले भने– ‘मैले भनिरहेको छु प्रचण्ड र देउवाको लभ परिसक्यो । प्रचण्डले मलाई इतिहास रूपमा जिताएर ल्याउन निर्देशन दिनु भएको छ। देउवाको टिमलाई जिताएर पठाउनु भए डडेल्धुराको मुहार फेरिनेछ ।’

कार्यक्रममा कांग्रेस नेता नैनसिंह महरले प्रधानमन्त्री देउवा र कांग्रेसले झुटो नबोलेको दाबी गर्दै एमालेलेको नेतृत्वले सुदूरपश्चिममा आएर झुटाका पुलिन्दा सुनाइराखेको बताए । ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved