एपीएफ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा, आसिफको सतक

नेपालभ्युज

एपीएफ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा, आसिफको सतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा तेस्रो जित निकाल्दै एपीएफ सेमिफाइनलमा पुगेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले कर्णालीलाई ४४ रनले पराजित गर्‍यो  ।

२३५ रनको लक्ष्य पछ्याएको कर्णाली ४८ ओभर १ बलमा १९० रनमा अलआउट भयो । कर्णालीका लागि रवीन्द्र साहले ८० रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन । यस्तै बिपिन शाहीले ३४ र अर्जुन घर्तीले २७ रनको योगदान गरे । एपीएफका मौसम ढकालले ४ तथा कमल सिंह ऐरी र भुवन कार्कीले २–२ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २३४ रन बनाएको थियो । एपीएफका लागि आसिफ सेखले १३० रन बनाए ।  १३६ बल खेलेका उनले १५ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै भुवन कार्कीले २३ र प्रदीप ऐरीले २० रनको योगदान गरे । कर्णालीका लागि प्रकाश जैसी र दिपेन्द्र रावतले ३–३ विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved