इमरान खानलाई उपचारका लागि लाहौर लगियो, एकजना आक्रमणकारी पक्राउ, पाकिस्तानका विभिन्न शहरमा प्रदर्शन

पीटीआइका अनुसार इमरानलाई लाहौरको शौकत खानम अस्पतालमा लगिएको छ । यो अस्पताल इमरानले आफ्नी आमा शौकत खानमको सम्झनामा बनाएका थिए । घटनामा पीटीआई नेता फैसल जावेद पनि घाइते भएका छन् ।

नेपालभ्युज

इमरान खानलाई उपचारका लागि लाहौर लगियो, एकजना आक्रमणकारी पक्राउ, पाकिस्तानका विभिन्न शहरमा प्रदर्शन

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली चलाईएको छ । उनको खुट्टामा गोली लागेको छ । उनी वजीराबाद शहरमा लंग मार्चको अगुवाई गरिरहेका बेला गोली चलेको थियो ।

उनका एक वरिष्ठ सहयोगीले समाचार एजेंसी एएफपीसँग कुरा गर्दै यो इमरान खानको हत्या गर्ने षडयन्त्रका रुपमा आक्रमण भएको बताएका छन् ।

इमरानको दल पीटीआईका महासचिव असद उमरका अनुसार खानको खुट्टामा गोली लागेको छ र उपचारका लागि लाहोर लगिएको छ । प्रहरीले गोलाबारीमा एकजनाको मृत्यु भएको र १४ जना घाइते भएको जनाइएको छ ।

पाकिस्तानका सूचना मन्त्री मरियम औरंगजेबले गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकी छन् । ति व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको बताएको छ ।

पाकिस्तानका प्रधानमंत्री शहबाज शरीफले इमरान खानमाथि भएको फायरिंगको निन्दा गरेका छन् ।

इमरान खानको दल पीटीआईले आधिकारिक ट्विटर हैंडलबाट एक भिडिओ सार्वजनिक गरेको छ । त्यसमा इमरान खानलाई कन्टेनरबाट गाडीमा लैजाँदै गरेको देख्न सकिन्छ । त्यतिबेला इमरानले समर्थकलाई हात हल्लाएका थिए । मार्चका बेला उनी कन्टेनरमा थिए । त्यही आक्रमण भएको थियो।

इमरानमाथि आक्रमण भएको खबर फैलिएपछि पाकिस्तानका विभिन्न प्रान्तमा प्रदर्शन सुरु भएको बीबीसीले जनाएको छ । सरकारले संयमता अपनाउन आग्रह गरे पनि धेरै शहरहरुमा प्रदर्शन भइरहेको बताईएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved