प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै नेपाल पुलिस सेमिफाइनलमा

नेपालभ्युज

प्रधानमन्त्री कपः  लगातार तेस्रो जितसँगै नेपाल पुलिस सेमिफाइनलमा

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार तेस्रो जितसँगै सेमिफाइनलमा पुगेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पुलिसले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो ।

१८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

उसको लागि दीपेन्द्र सिंह ऐरीले ४३ र कुशल भूर्तेलले ३२ र बनाए । लुम्बिनीका लागि भने अनिल खरेलले २ र दुर्गेश गुप्ताले १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको लुम्बिनी ४४ ओभर २ बलमा १८८ रन बनाएर अलआउट भएको थियो । उसका लागि देव खनालले ७४ र विशाल बिक्रम केसीले ३० रन बनाए । पुलिस क्लबका दीपेन्द्र सिंह ऐरीले ४ र करण केसीले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved