अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

जनकपुरधाम । धनुषामा अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने रिक्सामा सवार तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका–९ भठिहनमा बुधवार साँझ अटो रिक्सो अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको हो ।

भठिहनबाट खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नंम्बरको अटो रिक्सो दुर्घटना हुँदा टेम्पो चालक सबैला नगरपालिका–१० खरियानी बस्ने ४४ वर्षीय रामसेवक पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै,  शहिदनगर नगरपालिका–१ का सन्तोष यादवकी ५ वर्षीया छोरी अंसुकुमारी यादव र सोही नगरपालिका–१ का दिलिप यादवको ९ बर्षिय छोरा कृष्णा यादव घाइते भएका भएका छन् ।

अटो रिक्सा पल्टिदा घाइते तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने क्रममा चालक पण्डितको बाटोमा नै मृत्यु भएको हो । घाइते २ जना बालबालिकाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved