प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

नेपालभ्युज

प्रधानमन्त्री कप  क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं। प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९:३० बजे सुरु हुनेछ।

दुवै प्रदेश जित निकाल्दै सुखद सुरुआतको योजनामा हुने छन्। दुवै टोलीको यो पहिलो खेल हो। यस्तै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९:३० बजे सुरु हुनेछ। पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहलो खेलमा पुलिसले बागमती प्रदेशलाई उद्घाटन खेलमा हिँजो हराएको थियो।

प्रदेश-१ भने सुखद सुरुआतको लक्ष्यमा हुनेछ। प्रदेश-१ को यो पहिलो खेल हो। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ। प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्।यस्तै उपविजेताले ५ लाख पाउने छन्। सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved