काठमाडौंको एक रिसोर्टबाट १८ जना जुवाडे पक्राउ

नेपालभ्युज

काठमाडौंको एक रिसोर्टबाट १८ जना जुवाडे पक्राउ

काठमाडौ। जुवा खेलेको आरोपमा काठमाडौंको एक रिसोर्टबाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जुवा खेलेको आरोपमा बिहीबार राति ८ बजे नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट १८ जनालाई पक्राउ गरेको हो।

जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनीहरूबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ बरामद भएको छ। यस्तै, १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved