एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरे,  नाफा कमाउने उदेश्य नरहेको दाबी

“मेरो उदेश्य नाफा कमाउने होइन, मैले मानवतालाई मद्दत गर्न किनेको हो,  ट्विटर एक सभ्यताको साझा डिजिटल टाउन स्क्वायर होस् भन्ने चाहना छ ।” उनले लेखेका छन् ।  

नेपालभ्युज

एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरे,  नाफा कमाउने उदेश्य नरहेको दाबी

न्युयोर्क। विश्वकै धनि व्यक्ति एलन मस्कले लामो विवाद र अन्योलपछि सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गरेका छन् ।

धेरै मिडिया रिपोर्टहरू र फर्मका एक लगानीकर्ताका अनुसार एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका बीबीसीले जनाएको छ । मस्कले ट्विटर खरिद गरेपछि ट्वीटरका प्रमुख कार्यकारी र वित्त प्रमुखले राजीनामा दिएका छन्।

यसअघि पनि ट्विटरले मस्कलाई खरिद सम्झौताबाट भाग्न खोजेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । तर केहि समयको अन्योलपछि मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका छन् । ट्विटर खरिद गरेरसँगै उनले आफ्नो उदेश्य पैसा कमाउनु नरहेको दाबी गरेका छन् ।

“मेरो उदेश्य नाफा कमाउने होइन, मैले मानवतालाई मद्दत गर्न किनेको हो,  ट्विटर एक सभ्यताको साझा डिजिटल टाउन स्क्वायर होस् भन्ने चाहना छ ।” उनले लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved