भारतीय आम आदमी पार्टीका नेता अरबिन्द्र केजरीवालले रुपैयाँमा हिन्दु देवी देवताको तस्बिर राख्न प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष प्रस्ताव गरेका छन् ।
कहिलेकाहीँ मान्छेले गरेका प्रयासहरूमा देवी र भगवानको आशिर्वाद नहुँदा फलदायी हुन सक्ने भन्दै केजरीवालले रुपैयाँमा हिन्दु देवी देवताको तस्बिर राख्न प्रस्ताव गरेका हुन्।
अहिले भारतीय रुपैयाँमा महात्मा गान्धीको फोटो अंकित हुन्छ। पछिल्लो समय भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर हुँदै गइरहेको छ। भारतमा विदेशी मुद्राको सञ्चिति पनि पछिल्लो समय घट्दै गइरहेको छ।
भारतीय मुद्रालाई मजबुद् बनाउन भगवानको शक्ति पनि चाहिने केजरीवालको भनाइ छ।
इन्डोनेसिया मुस्लिमबहुल मुलुक भए पनि त्यहाँको मुद्रामा गणेशको तस्बिर राखिएको उल्लेख गर्दै केजरीवालले भनेका छन्- इन्डोनेसियाले त्यो काम गर्न सक्छ भने हामी किन सक्दैनौं? नयाँ नोटमा देवी देवताको फोटो छाप्न सकिन्छ।
Facebook Comment
Comment