कांग्रेस कार्यकर्तालाई रामचन्द्र पौडेलको आग्रह, ‘हँसिया हथौडासँग नतर्सनुहोस’

नेपालभ्युज

कांग्रेस कार्यकर्तालाई रामचन्द्र पौडेलको आग्रह, ‘हँसिया हथौडासँग नतर्सनुहोस’

सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हँसिया हथौडा चुनाव चिन्हबाट नतर्सन कार्यकर्तालाई आग्रह गरेका छन् । वीरेन्द्रनगरमा सत्ता गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

लोकतान्त्रिक व्यवस्था बचाउन अहिलेको गठबन्धन आवश्यक रहेको भन्दै उनले गठबन्धनमा आवद्ध दललाई मतदान गर्नै पर्ने बताए । उनले भने ‘नेपाली कांग्रेसका कार्यकर्ता साथीहरुलाई भन्न चाहन्छु कि अब हँसिया हथौडा चुनाव चिन्हबाट नतर्सनुस किनकी त्यसको वरिपरि लोकतन्त्रको गोलो घेरा लागेको छ ।’

वरिष्ठ नेता पौडेलले आगामी चुनावमा गठबन्धनका सबै उम्मेदवारलाई जिताउन सक्रियतापूर्वक लाग्न पनि सबैलाई आग्रह गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved