सत्ता गठबन्धनको प्रदेशस्तरीय कार्यकर्ता भेला आज जनकपुरमा

नेपालभ्युज

सत्ता गठबन्धनको प्रदेशस्तरीय कार्यकर्ता भेला आज जनकपुरमा

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन्।

सत्ता गठबन्धनको मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम जान लागेका हुन्।

कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ। सत्ता गठबन्धनले शुक्रबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला पोखरामा गरेका थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved