प्रचण्ड भन्छन्- आफ्नो पार्टीलाई मात्रै भोट हाल्छु भन्दा पाप पलाउन सक्छ

‘हँसिया हथौडालाई रूखमा, रूखलाई हँसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौँ । गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौँ र गर्नु पनि पर्छ ।’

नेपालभ्युज

प्रचण्ड भन्छन्- आफ्नो पार्टीलाई मात्रै भोट हाल्छु भन्दा पाप पलाउन सक्छ
फाइल तस्वीर

पाेखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई मात्रै भोट हाल्छु भन्नु आत्मघाती हुने बताएका छन् । शुक्रबार पोखरामा आयोजित गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

त्यसअघि अध्यक्ष प्रचण्डले भने, ‘हँसिया हथौडालाई रूखमा, रूखलाई हँसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौँ । गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौँ र गर्नु पनि पर्छ ।’ संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन रहिरहनुपर्ने उनको भनाइ थियो ।

पछिल्लो स्थानीय तहको निर्वाचनबाट गठबन्धनमा रहेका सबै दलहरूले लाभ लिएको उल्लेख गर्दै प्रचण्डले थपे, ‘कांग्रेसले मात्रै होइन, अरुले पनि लाभ लिएकै छन् । गठबन्धनलाई भोट हाल्दिनँ भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved