भारतले गुगललाई १३ अर्ब ३७ करोड भारू जरिवाना लगायो

एन्ड्रोइड मोबाइल उपकरण बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेकोमा गुगललाई १३ अर्ब ३७ करोड ७६ लाख भारू जरिवाना लगाइएको छ ।

नेपालभ्युज

भारतले गुगललाई १३ अर्ब ३७ करोड भारू जरिवाना लगायो

नयाँ दिल्ली। भारतको प्रतिस्पर्धा आयोग (सीसीआई)ले  गुगललाई १३ अर्ब भारू भन्दा धेरै जरिवाना लगाएको छ । एन्ड्रोइड मोबाइल उपकरण बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेकोमा गुगललाई १३ अर्ब ३७ करोड ७६ लाख भारू जरिवाना लगाइएको बीबीसी हिन्दीले जनाएको छ ।

सीसीआईले गुगललाई चाँडै काम गर्ने तरिकामा परिवर्तन गर्न पनि निर्देशन दिएको छ । स्मार्ट मोबाइल फोनमा एप्लिकेसन र प्रोग्रामहरू चलाउन अपरेटिङ सिस्टम चाहिन्छ। सन् २००५ मा गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टम अधिग्रहण गरेको थियो।

सीआईसीले एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइल फोनमा गुगलको आफ्नै सर्च एप, क्रोम ब्राउजर र युट्युब पहिले नै इन्स्टल भएको पत्ता लगाएको छ । यसले गुगुलाई बजारमा अन्य प्रतिष्पर्धीभन्दा अनुचित फाइदा दिने सीसीआईले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved