निर्वाचित भएको ४० दिनमै बेलायती प्रधानमन्त्री संकटमा, गृहमन्त्रीद्धारा राजीनामा

निर्वाचित भएको ४० दिनमै बेलायती प्रधानमन्त्री लिज ट्रस संकटमा परेकी छिन् । गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई अब आफ्नै दलभित्रबाट समेत समस्या हुन थालेको छ ।

नेपालभ्युज

निर्वाचित भएको ४० दिनमै बेलायती प्रधानमन्त्री संकटमा, गृहमन्त्रीद्धारा राजीनामा

लण्डन। निर्वाचित भएको ४० दिनमै बेलायती प्रधानमन्त्री लिज ट्रस संकटमा परेकी छिन् । गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई अब आफ्नै दलभित्रबाट समेत समस्या हुन थालेको छ ।

उनिमाथि राजीनामाको दवाव बढिरहेको छ । तर उनले आफूले निर्भिकताका साथ काम गर्न र राजीनामा नदिने बताइसकेकी छिन् । उनको चौतर्फी आलोचना भइरहेका बेला अर्को झट्का लाग्नेगरी गृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिएकी हुन् । उनलाई अघिल्लो महिना मात्रै मन्त्री बनाइएको थियो ।

उनले अहिले सरकार हिडिरहेको बाटोले आफूलाई चिन्तित बनाएको र कठिन समयलाई पार लगाउन सहज होस् भनेर राजीनामा दिएको बताएकी छिन् ।

उनले लेखेकी छिन्, “हामीले हाम्रा मतदातासँग गरेका वाचा तोडेका तोडेका छौं, यो सरकार आफ्नो घोषणापत्रमा गरेका वाचाप्रति पनि प्रतिबद्ध देखिँदैन । घोषणापत्रमा भनिए भन्दा उल्टा काम भइरहेका छन, त्यसैले म पदमा बसिरहन सक्दिन।”

अब पद जोगाउनको लागि प्रधानमन्त्री लिज ट्रसले चुनावी अभियानमा अर्थतन्त्रलाई ट्र्याकमा फर्काउने र कर कटौती गर्ने वाचाबाट आफूलाई फर्काउने योजना बनाइरहेको खबरमा उल्लेख छ । देशमा हंगामा मच्चिएपछि कन्जरभेटिभ पार्टीमा पनि लिज ट्रसको विरोध सुरु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved