डिसहोममा रिचार्ज गर्दा जितपुरका दाहालले जिते एक लाख 

नेपालभ्युज

डिसहोममा रिचार्ज गर्दा जितपुरका दाहालले जिते एक लाख 

काठमाडौं। अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यस योजनाअन्तर्गत डिसहोम डीटीएच.का ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै, यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका निवासी राजन दाहालले एक लाख रुपैयाँ जितेका छन्। श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडा को डिलर अन्र्तरगत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरको मा एक वर्ष रिचार्ज गरेर दाहालले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिसहोमको तर्फबाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे ,श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठ बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेता दाहाललाई हार्दिक बधाई दिँदै सम्पूर्ण डिसहोम डीटीएच.का ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल, र डिसहोम सोकेसमा हेर्नसक्नु हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved