भीरबाट लडेर मृत्यु

सुर्खेत। कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको पचालझरना गाउँपालिका–५ खार्दुमा भीरबाट लडेर ५३ वर्षीय नयाँराम बस्नेतको मृत्यु भएको हो ।

गाउँपालिकाको लाफा बजारबाट आफ्नै घरको टिनको पाता बोकी हिँडिरहेको अवस्थामा लडेर बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पचालझरनाले जनाएको छ ।

टिनको पाता बोकेर हिँडिरहेको अवस्थामा अचानक हावाहुरी आई लड्दा बाटोबाट अन्दाजी ५०० मिटर तल खसेर बस्नेतको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved