नवौं राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी अग्रस्थानमा

आज २६ खेलहरू हुने कार्यतालिका

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी अग्रस्थानमा

काठमाडौं। गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सुरुवाती अग्रता कायम राखेको छ।

नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन मंगलबारसम्म आर्मीले ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित कुल १८५ पदक जितेर अग्रता कायम राखेको हो। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदक सहित १०८ पदक जितेको छ।

अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक सहित कुल १२० पदक हात पार्दै तेस्रो स्थानमा छ। गण्डकी प्रदेशले १६ स्वर्ण १५ रजत र ३० कास्यसहित ६१ पदक हात पार्दा बागमती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्य सहित कुल ७४ पदक जितेको छ।

सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २० कास्य सहित ३२ पदक, एनआरएनएले ७ स्वर्ण, ७ रजत ४ कास्य सहित १८ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र ११९ कास्य पदक सहित ३१ पदक, प्रदेश १ ले ३ स्वर्ण १६ रजत र ३२ कास्य सहित ४९ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्य सहित ३७ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ७ कास्य पदक सहित ६ पदक हात पारेको छ।

आज कुन खेल कहाँ?

नवौं राष्ट्रियको छैटौं दिन बुधबार २६ खेलहरु हुने तालिका रहेको छ। आइतबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा रंगशाला, पुरुष भलिबल पोखरा रंगशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछ।

स्क्वास पोखरा रंगशाला स्क्वास हल, उसु पोखरा रंगशाला कभर्डहल,पुरुष बास्केटबल पोखरा रंगशाला, महिला बास्केटबल तनहुँ र आर्चरी पोखरा रंगशालामा हुनेछ।

त्यस्तै ट्रयाथलन लेकसाइट पोखरा, बुद्दिचाल गोर्खा, टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला/पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग बाणिज्य संघ पोखरा, सुटिङ काठमाडौँ, साइक्लिङ रानीबन पोखरा र रग्बी महिला/पुरुष भण्डारढिक खेलमैदान पोखरामा हुनेछ।

नवौं अन्तर्गत नै जिम्न्यास्टिक पोखरा रंगशाला, जुडो प्रदर्शनी हल पोखरा, कबड्डी केसी पोखरा क्याटरिङ, तेक्वान्दो म्याग्दी कभर्डहल, खो खो पोखरा ह्यान्डबल एकेडेमी, आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हल, कराते कुश्मा पर्वत, महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरामा हुनेछ।

असोज २८ बाट औपचारिक उद्घाटन भएको खेलको भोलि समापन हुनेछ। प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ (एनआरएन) गरी कुल ११ टोली सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved