बीचबजारमा गुरुङमाथी खुकुरी प्रहार, गुण्डा नाइके ‘राधे’ सहित ४ जना पक्राउ

नेपालभ्युज

बीचबजारमा गुरुङमाथी खुकुरी प्रहार, गुण्डा नाइके ‘राधे’ सहित ४ जना पक्राउ

काठमाडौै । धादिङ सदरमुकाम स्थित बीचबजारमा भिम बहादुर गुरुङमाथी खुकुरी प्रहार भएको छ  । तरुण दलका उपाध्यक्ष समेत रहेका  गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेसहित ४ जनालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

धादिङ प्रहरीका अनुसार  मंगलबार ना.८७ प १९५० नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय गुरुङलाई ३९ वर्षका भण्डारीसहित ६ जनाले खुकुरी प्रहार गरेका हुन् ।

पीडित पक्षले खुकुरी प्रहार गरेको उजुरी गरेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले  जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved