नवौं राष्ट्रिय खेलकुद भारोत्तोलनमा नेपाल आर्मीलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद  भारोत्तोलनमा नेपाल आर्मीलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला भारोत्तोलनमा नेपाल आर्मीले स्वर्ण जितेको छ ।

मङ्गलबार भएको ६४ केजी तौल समूहमा आर्मीका लागि शारदा चौधरीले स्वर्ण जितिन् । उनले स्न्याचमा ६७ र क्लीन एन्ड जर्कमा ८० गर्दै कुल १४७ केजी उचालिन् ।

नेपाल पुलिसका लागि राजलक्ष्मी थापाले रजत जितिन् । उनले स्न्याचमा ५७ तथा क्लीन एन्ड जर्कमा ७१ गर्दै कुल १२८ केजी उचालिन् ।

प्रशंसा पुनले भने नेपाल आर्मीका लागि कांस्य जितिन् । उनले स्न्याचमा ५३ तथा क्लिन एन्ड जर्कमा ६५ गर्दै कुल ११८ केजी उचालिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved