नवौं राष्ट्रिय खेलकुद : २३ वर्षपपछि पुरुष लङजम्पमा राष्ट्रिय कीर्तिमान

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : २३ वर्षपपछि पुरुष लङजम्पमा राष्ट्रिय कीर्तिमान

काठमाडौं। नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्स पुरुष लङजम्पमा एपीएफ क्लबले स्वर्ण जितेको छ । मङ्गलबार भएको खेलमा एपीएफका लागि सलिम देवानले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेका हुन्।

सलिमले ७.०६ मिटर जम्प गर्दै २३ वर्ष लामो कीर्तिमान तोडे। यसअघि सन् १९९९ मा पाकिस्तानको इस्लामावादमा कृष्णबहादुर गिरीको नाममा ७ मिटरको जम्पको कीर्तिमान रहेको थियो ।

आर्मीका डिल्ली खत्रीले भने रजत पदक प्राप्त गरे । उनले ६.९७ मिनटर जम्प गरे। गण्डकीका नारायण चौधरीले भने ६.८२ मिटर जम्प गर्दै कांस्य पदक जिते।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved