गुडिरहेको भ्यानमा आगलागी

नेपालभ्युज

गुडिरहेको भ्यानमा आगलागी

काठमाडौं। धनकुटाको साँगुरीगढी-६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ।

तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नम्बर २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान सबेरै आगलागी भएको प्रहरीले जनाएको छ।

गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको बताइएको छ। गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ। भेडेटारबाट पुगेको प्रहरी र अन्य गाडीका चालक सहचालकको मद्दतले आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved