दाङको जंगलमा खाल्डोमा गाडेको अवस्थामा किशोर-किशोरीको शव फेला

नेपालभ्युज

दाङको जंगलमा खाल्डोमा गाडेको अवस्थामा किशोर-किशोरीको शव फेला
सांकेतिक तस्वीर।

तुलसीपुर । दाङमा चारदिनदेखि हराइरहेका किशोर-किशोरी एउटै खाडलमा पुरिएको अवस्थामा मृत फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँकाे जंगलमा सोही ठाउँका १५ वर्षिया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको शव फेला परेको हो । उनीहरु गत बिहीबार बेलुकादेखि हराइरहेका थिए । परिवारले हराएको भन्दै निवेदन दिएपछि खोजतलास गर्दा जंगलको खाडलमा पुरिएको अवस्थामा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुको हत्या गरेर शव गाडेको आशंका गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved