युरोपेली सङ्घको पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रह

नेपालभ्युज

युरोपेली सङ्घको पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रह

बर्लिन । जर्मनीका चान्स्लर ओलाफ सोल्सले युरोपेली सङ्घको पुनःसंरचना गर्न माग गरेका छन् । सङ्घअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

जर्मनीको बर्लिनमा आयोजित युरोपेली समाजवादी पार्टीको सम्मेलनमा बोल्दै उनले युरोपेली सङ्घमा विस्तारै केही परिवर्तन आवश्यक भएको धारणा राखे । विषेश गरेर विदेश नीति, कर प्रणाली, सैन्य सेवा, प्रशासनिक व्यवस्थालगायतका क्षेत्रमा केही संशोधन आवश्यक भएको उनको भनाइ थियो ।

युरोपेली सङ्घको स्वायत्तता, क्षेत्राधिकार तथा कार्य प्रणालीमा पनि सुधार हुनुपर्नेमा चान्स्लर सोल्सले जोड दिएका थिए । एपी
 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved