देश विकास गर्ने हुटहुटीले उम्मेदवार बनेँ- विनोद चौधरी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका उनले युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हुटहुटीले राजनीतिमा आएको बताए।

नेपालभ्युज

देश विकास गर्ने हुटहुटीले उम्मेदवार बनेँ- विनोद चौधरी

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले देश बनाउने र रोजगारका लागि विदेशिने युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हुटहुटीले राजनीतिमा आएको बताएका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका उनले युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हुटहुटीले राजनीतिमा आएको बताए।

शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आफूलाई गठबन्धनको मात्रै नजर नहेर्न आग्रह गरे। ‘‘म नाम, पैसा र शक्तिको नजिक समेत बसेर काम गरिसके मलाई देश विकास गराउने हुटहुटीले मात्रै उम्मेदवारी हो,’’ चौधरीले भने। युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको समेत बताए।

उनले अब योजना र भिजन भएका युवाहरू राजनीतिमा आउनुपर्ने बताउँदै मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा र शक्तिकेन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरूको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए।

चौधरीले आफूले चार्टर्ड एकाउन्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved