नेप्सेमा ११.३६ अंकले सुधार

नेपालभ्युज

नेप्सेमा ११.३६ अंकले सुधार

काठमाडौं। बुधबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। सेयर बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भई १८६६.५२ अंकमा पुगेर बन्द  भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले वृद्धि भएर ३६६.११ अंकमा बन्द भएको छ ।

आइतबार ४४ अंकको उच्च वृद्धि भएको नेप्से त्यसपछिको सोमबार र मंगलबार लगातार दुई दिन घटेको नेप्सेमा बुधबार भने बढेर बन्द भएको छ । नेप्सेमा वृद्धि हुँदा उपसूचकहरुमा पनि म्युचुअल फण्ड र व्यापार बाहेक सबै बढेका छन् ।

नेप्सेमा सुधार हुँदा बुधबार कारोबार रकम पनि वृद्धि भएको छ । मंगलबार ५५ करोडमा झरेको कारोबार रकम बढेर करिब ७० करोड पुगेको हो । बुधबार बजारमा २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३८ हजारको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved