काठमाडौं। ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा भारतले जित हात पारेको छ । दिल्लीमा मंगलबार भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो ।
अफ्रिकाले दिएको १०० रनको सामान्य लक्ष्य भारतले १९ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । उसको लागि शुभम गिलले ४९ र श्रेयास ऐयरले नटआउट २८ रन बनाए । अफ्रिकाको लागि योर्न फर्टयूइन र लुंगी न्गिडीले १–१ विकेट लिए ।
टस जितेर भारतले फिल्डिङ रोजेसँगै अफ्रिका ब्याटिङमा उत्रिएको थियो । अफ्रिका २७ ओभर १ बलमा समेटिँदा मात्र ९९ रन बनाउन सफल भयो । उसको लागि हेनरिक क्लासेनले ३४ र जन्नेमन मलानले १५ रन बनाए । अफ्रिकालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ४ र शाहबाज अहमदले २ विकेट लिए ।
सिरिजअन्तर्गतको पहिलो खेलमा अफ्रिकाले भारतलाई ९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने भारतले अफ्रिकालाई ७ विकेटले हराएको थियो ।
Facebook Comment
Comment