मलेसियामा संसद विघटन, केहि दिनमा निर्वाचनको मिति घोषणा हुने

नेपालभ्युज

मलेसियामा संसद विघटन, केहि दिनमा निर्वाचनको मिति घोषणा हुने

क्लालालम्पुर। मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन् । सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन् ।

टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन् । सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved