रुपन्देही-२ मा पौडेल र गुरुङ भिडने

नेपालभ्युज

रुपन्देही-२ मा पौडेल र गुरुङ भिडने

बुटवल। रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट सत्तारुढ गठबन्धनवाट एकीकृत समाजवादीका राजु गुरुङ र एमालेबाट नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेकपा विभाजन भएपछि गठन भएको एकीकृत समाजवादी हुनुअघि नेकपामै रहेका गुरुङसँग एमालेका उपाध्यक्ष पौडलका बीच चुनावी प्रतिष्पर्धा निकै रोचक हुने छ ।

पौडेल र गुरुङले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएको छ । पौडेलले निरन्तर चुनाव जित्दै आएको यो क्षेत्रमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved