काठमाडौं। नेपाली कांग्रेसले आफ्नो भागमा परेका काठमाडौं जिल्लामा प्रतिनिधिसभातर्फको उम्मेदवार टुंगो लगाएको स्रोतले जनाएको छ। टिकटको निर्णय भइसकेको छ तर उम्मेदवारले टिकट बुझिनसकेको बुझिएको छ।
कांग्रेस संसदीय बोर्डको जारी बैठकले काठमाडौैंको उम्मेदवार टुंगो लगाएको हो।
जसअनुसार महामन्त्री गगन थापा काठमाडौं ४ बाट उम्मेदवार बन्नेछन्। काठमाडौंमा कांग्रेसले १० निर्वाचन क्षेत्रमध्ये ६ क्षेत्रमा उम्मेद्वार दिन लागेको हो।
कांग्रेसले यसपटक पनि पुरानो उम्मेदवार दोहोर्याएको छ। कांग्रेस यसपटक काठमाडौं-३ मा सन्तोष चालिसे र काठमाडौं-५ मा प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ।
चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर हुन् भने पौडेल कांग्रेसका केन्द्रिय सदस्य हुन्। २०७४ सालको चुनावमा पौडेल गण्डकी प्रदेशसभाको चुनावमा तनहुँ २ ख बाट पराजित भएका थिए। गठबन्धनमा कांग्रेसको भागमा काठमाडौंको निर्वाचन क्षेत्र १, ३, ४, ५, ६ र १० परेको थियो।
यी हुन् कांग्रेसका उम्मेदवार
काठमाडौं–१ प्रकाशमान सिंह
काठमाडौं–४ गगन थापा
काठमाडौं–५ प्रदीप पौडेल
काठमाडौं–६ भीमसेनदास प्रधान
काठमाडौं–१० राजेन्द्र केसी
Facebook Comment
Comment