‌‌‌बालुवाटार बैठक छोडेर बालकोट पुगे उपेन्द्र

सत्तारुढ गठबन्धनसँग सिट बाँडफाँडमा कुरा नमिलेपछि उनी एमालेसँग गठबन्धनको छलफल गर्न बालकोट पुगेको स्रोतले जनाएको छ । 

नेपालभ्युज

‌‌‌बालुवाटार बैठक छोडेर बालकोट पुगे उपेन्द्र

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको गठबन्धनको बैठक छाडेर बालकोट पुगेका छन्।

अध्यक्ष यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्। सत्तारुढ गठबन्धनसँग सिट बाँडफाँडमा कुरा नमिलेपछि उनी एमालेसँग गठबन्धनको छलफल गर्न बालकोट पुगेको स्रोतले जनाएको छ।

यसअघि पनि ओली र यादवबीच चुनावी सहकार्यका बारे संवादहरू भएका थिए। यद्यपि, गठबन्धनका एक नेताले भने गठबन्धनसँग बार्गेनिङ क्षमता बढाउन यादवले ‘एमाले कार्ड’ प्रयोग गरेको आरोप लगाएका छन्।

जसपा राजनीतिक एजेन्डाका दृष्टिले एमालेसँग दूरीमा रहेको छ। गठबन्धनले पर्याप्त सिट दिन हिच्किचाइरहेको बेला एमालेले जसपालाई २५ सीट दिएर चुनावी तालमेल गर्ने प्रस्ताव राखेको जसपाका एक नेताले जानकारी दिए।

जसपा कार्यकारिणी बैठकले यसअघिनै मागे जति सिट नपाए गठबन्धन बाहिरका दलहरूसँग पनि चुनावनी तालमेल गर्ने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved