करेन्ट लागेर दाजुभाइको मृत्यु, आमाछोरा घाइते

नेपालभ्युज

करेन्ट लागेर दाजुभाइको मृत्यु, आमाछोरा घाइते

काठमाडौं। धनुषाको जनकपुरधाममा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ भने आमाछोरा घाइते भएका छन्।

आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका-२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते दुवैजनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए। करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved