मुग्लिन-नारायणगढ सडक बन्द, नागढुंगा-नौविसेसहित कयौँ सडक ठप्प

पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । गल्छी त्रिशुली सडक पनि पहिरोका कारण बन्द भएको छ ।  बेसिशहर- चामे र वालिङ- गल्याङ सडक खण्ड पनि अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले यात्रामा निकस्नु अघि मौसम र सडकको अवस्था बारे जानकारी लिन प्रहरीको आग्रह छ ।

नेपालभ्युज

मुग्लिन-नारायणगढ सडक बन्द,  नागढुंगा-नौविसेसहित कयौँ सडक ठप्प
फाइल तश्वीर

काठमाडौं। पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड बन्द भएको छ । मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ ।  यस्तै नागढुंगा नौबिसे र बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको छ ।

यस्तै पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । गल्छी त्रिशुली सडक पनि पहिरोका कारण बन्द भएको छ ।  बेसिशहर- चामे र वालिङ- गल्याङ सडक खण्ड पनि अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले यात्रामा निस्कनु अघि मौसम र सडकको अवस्था बारे जानकारी लिन प्रहरीको आग्रह छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved