राष्ट्रपति भण्डारीकहाँ टीका लगाउन कति बेला जाने ?

नेपालभ्युज

राष्ट्रपति भण्डारीकहाँ टीका लगाउन कति बेला जाने ?

राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने भएकी छिन् । राष्ट्रपति भण्डारीले कार्यलयमै विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका र प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

टीका ग्रहणका लागि मर्यादित पोशाक लगाएर १ नम्बर प्रवेशद्वारबाट प्रवेश गर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved