ब्याट्री र इन्धन सकिएपछि भारतको मंगलयान सम्पर्क बाहिर

भारतको मंगलयानमा ब्याट्री र इन्धन सकिएको छ । देशको पहिलो अन्तरग्रहीय मिशनले अन्तत आफ्नो लामो समय पुरा गरेर सम्पर्कविहिन भएको एनडीटीभीले जनाएको छ ।

नेपालभ्युज

ब्याट्री र इन्धन सकिएपछि भारतको मंगलयान सम्पर्क बाहिर

नयाँ दिल्ली। भारतको मंगलयानमा ब्याट्री र इन्धन सकिएको छ । देशको पहिलो अन्तरग्रहीय मिशनले अन्तत आफ्नो लामो समय पुरा गरेर सम्पर्कविहिन भएको एनडीटीभीले जनाएको छ ।

साढे चार सय करोड भारु लागतको ‘मार्स अर्बिटर मिशन’ २०१३ नोभेम्बर ५ मा प्रक्षेपण गरिएको थियो र वैज्ञानिकहरूले पहिलो प्रयासमा सेप्टेम्बर २०१४ मा यो अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा राखेका थिए। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका एक अधिकारीले भारतीय समाचार संस्था पीटीआईलाई भने, “अब त्यहाँ कुनै इन्धन बाँकी छैन। स्याटेलाइटको ब्याट्री सकिएको छ। सम्पर्क टुटेको छ” ।

इसरोले पहिले नै यानलाई नयाँ कक्षामा सार्न कोशिस गरिरहेको थियो। इसरोका अधिकारीहरूले भनेका छन्, मार्स अर्बिटर गाडीले करिब आठ वर्ष काम गर्यो । जबकि यो छ महिनाको क्षमतामा बनाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved