आफ्नै अंगरक्षकलाई बलात्कार गरेको आरोपमा खानीखोलाका प्रहरी निरीक्षक पक्राउ

नेपालभ्युज

आफ्नै अंगरक्षकलाई बलात्कार गरेको आरोपमा खानीखोलाका प्रहरी निरीक्षक पक्राउ

काठमाडौं। इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना पक्राउ परेका छन्।

आफ्नै अंगरक्षक प्रहरी महिलामाथि जबर्जस्ती करणी गरेको उजुरी परेपछि ढुंगानालाई छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले बताए।

उनका अनुसार प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जबर्जस्ती करणी गरेको उजुरी परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved