एउटै विरामीको पेटमा ६३ वटा चम्चा भेटियो, अप्रेसन गर्ने  डाक्टर नै चकित

नेपालभ्युज

एउटै विरामीको पेटमा ६३ वटा चम्चा भेटियो, अप्रेसन गर्ने  डाक्टर नै चकित

नयाँ दिल्ली। कुनै कुनै विरामीको पेटबाट कहिलेकाँही एउटा चम्चा वा सानातिना धातु अप्रेसन गरेर निकालिएका घटना आइरहन्छन् । तर भारतमा यस्तो एउटा घटना सार्वजनिक भएको छ, जुन घटना सुनेर जो कोहि अचम्ममा पर्छन् । भारत उत्तर प्रदेशको मजफ्फरपुरमा एक व्यक्तिको पेटबाट डाक्टरले अप्रेसन गरेर ६३ वटा चम्चा निकालेका छन् । विरामीको अवस्था गम्भीर रहेको एनडीटीभीले जनाएको छ ।

खासमा मन्सूरपुर थाना क्षेत्रको बोपाडा गाउँका विजय नाम गरेका एक व्यक्तिलाई लागूऔषधको लत थियो । विजयका परिवारले उनलाई लागुऔषध उन्मूलन केन्द्रमा भर्ना गरेका थिए । विजय करिब पाँच महिनाअघि लागुऔषध उन्मुक्ति केन्द्रमा भर्ना भएका थिए । जहाँ उनको स्वास्थ्य बिग्रिएपछि परिवारका सदस्यहरूले मुजफ्फरनगरको एक निजी अस्पतालमा ल्याएका थिए। डाक्टरले उनको शल्यक्रिया गर्दा उनको पेटबाट ६३ वटा स्टिलको चम्चा निस्किएपछि स्वास्थ्यकर्मी सहित सबैजना चकित परेका छन् ।

अब प्रश्न उठ्छ कि आखिर यति धेरै चम्चा विजयको पेटमा कसरी गयो ?  किनभने सामान्य मानिसले खानासँगै चम्चा खान्छन भन्ने सम्भव छैन । तर विजयका परिवारले उनलाई लागुऔषध मुक्ति केन्द्रका कर्मचारीले जबरजस्ती चम्चा खुवाएको आरोप लगाएका छन् ।

विजयको पेटमा ६३ चम्चा कसरी गयो भन्ने अनुसन्धानको विषय भएको डाक्टर र प्रहरीले जनाएका छन् । यस विषयमा डाक्टरसँग कुरा गर्दा डाक्टरले पहिलो कुरा बिरामीको जीवन बचाउनु भएको बताएका छन् ।  बिरामीको अवस्था अझै खतरामा छ त्यसैले बिरामी सामान्य नभएसम्म यो विषयमा मिडियासँग नबोल्ने डाक्टरले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved