विपद्का बेला घुम्न निस्केको भन्दै पाकिस्तानी मन्त्रीलाई लण्डनमा घेरा हालेर गाली दिइयो

नेपालभ्युज

विपद्का बेला घुम्न निस्केको भन्दै पाकिस्तानी मन्त्रीलाई लण्डनमा घेरा हालेर गाली दिइयो
तश्वीर : बीबीसी हिन्दी

नयाँ दिल्ली।  पाकिस्तानकी सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबलाई लण्डनको एउटा कफी पसलमा केहि मानिसले घेरा हालेर गाली गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लण्डनमा बस्ने पाकिस्तानी नागरिकले मन्त्रीविरुद्ध नारा लगाएको देख्न सकिन्छ ।

यति मात्र होइन कतिपयले मरियम औरंगजेबलाई ‘चोर’ भनेर पनि गाली गरेका छन् । मरियम औरङ्गजेबलाई घेरेर बसेका मानिसहरूले आफ्नो देश बाढीको चपेटामा परेको बेला नेताहरू जनताको पैसामा विदेश घुमिरहेका भन्दै चर्को आलोचना गरेका छन् ।

मानिसले गाली गरिरहँदा मन्त्री मरियम औरंगजेबले कुनै प्रतिक्रिया दिइनन् र उनी आफ्नो मोबाइलमा व्यस्त थिइन् ।पाकिस्तानी पत्रकार सैयद तलत हुसैनले ट्वीटरमा घटनाको भिडियो पोस्ट गरेका छन् ।  जसमा केही मानिसहरू पाकिस्तान तहरीक-ए-इन्साफको झण्डाको रंगमा देखिएका छन्। उनीहरुले मरियम औरंगजेबको तस्विर र भिडियो खिचिरहेका थिए ।

लण्डनमा भएको क्रियाकलापको जवाफमा मरियम औरंगजेबले ट्वीट गरेर भनेकी छिन्, “यो इमरान खानको घृणा र विभाजनको राजनीतिको विषाक्त प्रभाव हो जुन हाम्रा दाजुभाइ र दिदीबहिनीहरूमा देखिन्छ। दुःखको कुरा के छ भने उनीहरु इमरान खानको प्रचारको सिकार भएका छन् । हामी इमरान खानको विषाक्त राजनीतिको विरोध गर्नेछौं र जनतालाई एकताबद्ध गर्न काम गर्नेछौं।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved