विद्युतीय सुशासन आयोगको सीईओमा दीपेश विष्ट

नेपालभ्युज

विद्युतीय सुशासन आयोगको सीईओमा दीपेश विष्ट

काठमाडौं ।   विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपेश विष्टलाई नियुक्त भएका छन् ।

उक्त पदका लागि सरकारले गरेको विज्ञापनमा तीन जनाले आवेदन दिएकोमा  विष्ट छनोटमा परेका हुन् ।

उनी प्रधानमन्त्री शेरबहादुर देउवाको सूचना प्रविधि विज्ञ सल्लाहकार समेत  हुन् ।

विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश–२०७९ अनुसार आयोगको अध्यक्ष  प्रधानमन्त्री रहने व्यवस्था छ ।

यस्तै आयोगको सहअध्यक्षमा  मुख्य सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्री रहनेछन् भने  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सञ्चार तथा सूचना प्रविधि सचिव सदस्य रहने  व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved