बृहत् नागरिक आन्दोलनको डा केसीलाई साथ, शनिबार प्रदर्शन गर्ने

नेपालभ्युज

बृहत् नागरिक आन्दोलनको डा केसीलाई साथ, शनिबार प्रदर्शन गर्ने

काठमाडौं । बृहत् नागरिक आन्दोलनले डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको छ। विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर अनसन बसेका डा केसीको पक्षमा मध्यान्ह्र १२ बजे प्रदर्शन गर्न लागेको हो ।

डा. केसीले १२ दिनअगाडि धनगढीमा अनशन शुरु गरेका  थिए । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई धनगढीबाट काठमाडौं ल्याइएपनि उनले  अनशन भने तोडेका छैनन् ।

आन्दोलनले शुक्रबार वक्तव्यमार्फत डा  केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।

‘बृहत् नागरिक आन्दोलनको प्रष्ट माग छ, अब गरिने सहमति विगतको जस्तो प्रतिबद्धता जाहेर गरेर कार्यान्वय नगर्ने किसिमको सम्झौतामा नटुङ्गियोस् ।’ वक्तव्यमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved