एसईई पूरक परीक्षाको नतिजा दशैं अघि

नेपाल भ्युज

एसईई पूरक परीक्षाको नतिजा दशैं अघि
फाइल फोटो

काठमाडौं ।  एसईई ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा दशैंअघि सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  उत्तरपुस्तिका परीक्षण सकेर विद्यार्थीको प्राप्तांक चढाउने काम भइरहेको जनाइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा  दुई लाख बढी विद्यार्थी सहभागी भएका थिए ।

अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थी ग्रेडबृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने  प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved