ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकामा ३ हजार बढी सवारी चालकमाथि कारवाही

नेपालभ्युज

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकामा ३ हजार बढी सवारी चालकमाथि कारवाही
फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकाका ३ हजार ७० जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारबाही गरेको हो ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन् ।

यस्तै २ हजार ६०२ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved