काठमाडौं । दाङमा नाबालिका बलात्कारको आरोपमा तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय नन्दराम मगर पक्राउ परेका छन् । पीडित १६ वर्षीया बालिकाले आरोपित मगरविरूद्ध सोमबार किटानी जाहेरी दिएपछि सोमबार नै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
गत फागुनमा मगरले स्थानीय गोठमा लगेर आफूमाथि बलात्कार गरेको पीडित बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् ।
बलात्कारबाट गर्भवती भएकी उनले गत भदौ २६ गते बच्चा जन्माएको र बच्चाको हाल राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पतालले बताएको छ ।
प्रहरीका अनुसार बलात्कारपछि मगरले बालिकाको परिवारलाई ६ हजार नगद दिएर कतै नभन्न भने पछि डर र लोकलाजका कारण गुपचुप बस्न बाध्य भएको बालिकाको पारिवारले बताएको छ ।
नेपालमा १८ वर्षमुनिका बालिकासँग सहमतिमै भएको यौन सम्बन्धलाई पनि बलात्कार मानिने कानुनी प्रावधान रहेको छ।
Facebook Comment
Comment