महिला टोलीको प्रशिक्षकबाट कुमार थापाको राजीनामा

नेपालभ्युज

महिला टोलीको प्रशिक्षकबाट कुमार थापाको राजीनामा

काठमाडौं । नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३-१ गोलले पराजित भएसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने घोषणा गरेका हुन् ।

थापाले आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने उनले बताए।

‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो। तर त्यो पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ,’ उनले भने,‘अरू प्रशिक्षकलाई स्थान दिन पद त्याग गर्छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved