साफ महिला च्याम्पियनसिप

बंगलादेशसँग अहिलेसम्म नहारेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने

दशरथ रंगशालामा आज उपाधि भिडन्त

नेपालले बंगलादेशसँग अहिलेसम्म खेलेका ८ प्रतिस्पर्धामा ६ जित र दुई बराबरी निकालेको छ । महिला साफमा नेपालले ३ वटै  खेलमा जित हात पारेको छ ।

नेपालभ्युज

बंगलादेशसँग अहिलेसम्म नहारेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने

काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज सोमबार हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि नेपाल र बंगलादेश अपरान्ह ५ बजे आमने सामने हुनेछन् ।

महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् । महिला साफले नयाँ च्याम्पियन पाउनेछ ।

किनकी दुवैले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । अहिलेसम्म भारतले मात्रै उपाधि  जितिरहेको क्रम यो पटक तोडिएको छ । नेपाल चार पटक र बंगलादेश एक पटक उपविजेता बनेको छ ।

फाइनलमा भारतसँग हार्ने गरेको नेपालले यसपटक सेमिफाइनलमा उसलाई घर फर्काइदिएको छ । त्यसैले उपाधि जित्ने होडमा नेपालको सम्भावना बलियो देखिन्छ ।

सेमिफाइनलमा भारतलाई हराएकाले पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ । त्यसवाहेक बंगलादेशसँग नेपाल अहिलेसम्म अपराजित छ ।

नेपालले बंगलादेशसँग अहिलेसम्म खेलेका ८ प्रतिस्पर्धामा ६ जित र दुई बराबरी निकालेको छ । महिला साफमा नेपालले ३ वटै  खेलमा जित हात पारेको छ । यी आठ खेलमा नेपालले १४ गोल गरेको छ भने दुई गोल मात्र खाएको छ ।

तर बंगलादेशको टोली यसपटक उत्कृष्ट लयमा देखिएको छ । त्यसैले नेपालले कम नआँक्ने बताइसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved