साफ महिला च्याम्पियनसिप

आज नेपाल र भारत भिड्दै

नेपालभ्युज

आज नेपाल र भारत भिड्दै

काठमाडौं। साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन्। भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ।

चारपटक फाइनल र एकपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुनेछ। सेमिफाइनलमा फेरी एकपटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ।

यसअघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रूपमा अन्तिम चारमा प्रवेश गरेका थिए ।

बंगलादेश र भुटान खेल्दै
साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दै छन्। खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ। भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो। बंगलादेश जारी प्रतियोगितामा अपराजित छ। उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो। भुटान समूह उपविजेता बनेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved