गुठीको समस्या समाधान गर्न सरकार उदासीन : खगराज

नेपालभ्युज

गुठीको समस्या समाधान गर्न सरकार उदासीन : खगराज

काठमाडौं। नेकपा एमालेका सांसद खगराज अधिकारीले वर्तमान सरकार गुठीको समस्या समाधान गर्नका लागि उदासीन रहेको आरोप लगाएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले गुठी समस्या समाधानका लागि सरकार गर्दैछ भन्ने प्रश्न गर्दै त्यसको जवाफ पनि माग गरेका छन् ।

उनले भने, ‘ओली सरकारको पालामा हामीले गुठीसम्बन्धी विधेयक छलफलमा ल्यायौँ । अहिले पनि धादिङमा श्री ५ को वायुको गुठी छ । पलाञ्चोक, म्याग्दीलगायत विभिन्न स्थानमा गुठीको समस्या छ । तर गुठीको समस्या समाधान गर्न सरकार उदासीन छ । हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयक भड्काउन माइतीघर मण्डलाको जुलुसमा सामेल हुनेहरू आज सरकारमा हुनुहुन्छ । उहाँहरू के गर्दै हुनुहुन्छ, जवाफ चाहियो ।’

अधिकारीले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सिफारिस गरेको विकास योजनालाई सरकारले रोक्ने र बजेट नदिने काम गरेको आरोप पनि लगाए । उनले सरकार विकास विरोधी भएको बताउँदै यसरी प्रतिशोध साँध्ने काम गरे जनताले जवाफ दिने चेतावनी पनि दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved