काठमाडौं। नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफूलाई राजनीतिमा सक्रिय हुन युवाले प्रोत्साहन गरेको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा नेता चौधरीले युवाहरूकै प्रेरणाबाट आफू राजनीतिमा लागेको बताए ।
‘मलाई युवा पुस्ताले जहिले पनि एउटै प्रश्न सोध्नुहुन्थ्यो । सडकबाट उठेर न्युयोर्कको फोर्ब्स पत्रिकासम्म त पुग्नुभयो । तर, मुलुकको अवस्था यस्तो छ । यो मुलुकलाई तपाईंले दिन सक्ने कुरा उद्योग, रोजगारी र कर मात्रै हो त ?,’ उनले थपे, ‘तपाईं यो देशको रूपान्तरणमा केही योगदान रहँदैन भनेर मलाई प्रश्न गरिरहे युवाहरूले ।’
आफू आबद्ध संस्थामा सफल नेतृत्व गरेको प्रसंग उल्लेख गर्दै उद्यमी एवं कांग्रेस नेता चौधरीले मुलुकको परिवर्तनका लागि प्रत्यक्ष राजनीतिमै होमिनुपर्ने निष्कर्षमा पुगेको बताए । सफल नेतृत्व भए छोटो अवधिमै मुलुक समृद्ध बन्ने चौधरीको दाबी छ ।
Facebook Comment
Comment