प्रकाशकीय

चुनौतीपूर्ण एक वर्ष : नयाँ उडानको तयारी

नेपाल भ्युजको पहिलो वार्षिकोत्सव

अनिश्चित समयमा सुरु भएको यात्राले विभिन्न आरोह–अवरोह पार गर्दै एउटा महत्वपुर्ण सिँढी चढ्न सफलता प्राप्त गरेको छ । त्यसैको जगमा आगामी दिनमा आइपर्ने सम्पूर्ण चुनौती सामना गर्न हामी तयार भएर बसेका छौं ।

नेपाल भ्युज

चुनौतीपूर्ण एक वर्ष : नयाँ उडानको तयारी

हामी आजदेखि दोस्रो वर्षमा प्रवेश गरेका छौँ । एक वर्ष त्यति ठूलो समय होइन । एउटा शिशुको लागि वामे सर्दै खडा हुने समय मात्र हो यो ।

हामी पनि कठिन समयमा जन्मेर विस्तारै वामे सर्दै, लरखराउँदै अहिले बल्ल खडा हुँदै छौँ । अर्थात्, हामी आफ्नै खुट्टामा उभिने यात्रामा छौँ । अबको हाम्रो उद्देश्य खडा भएर विस्तारै पाइला बढाउने हो ।

डिजिटल हाउस नेपाल प्रा. लि.द्वारा सञ्चालित nepalviews.com को प्रथम वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदाता, लेखक र सहयोगीहरूमा आभार प्रकट गर्दछौं।

कोभिड–१९ को महामारीबाट विश्वव्यापी रूपमा सिर्जित बहुआयामिक संकटबाट सिंगो देश बिस्तारै तंग्रिन लागेको छ । नेपालको सञ्चार क्षेत्र पनि यो मार झेलेर माथि उठ्ने क्रममा छ ।

महामारीकै बीचमा हामीले सत्य, न्याय र निष्ठाको पत्रकारिताका रूपमा nepalviews.com तपाईंहरूमाझ ल्याउने हिम्मत गरेका थियौं । जबकि, त्यो बेला धेरै स्थापित र पुराना भनिएका सञ्चारमाध्यमले खुट्टा कमाइरहेका थिए ।

अहिले यो कठिन चरण पार भएको छ । अर्थात् अनिश्चित समयमा सुरु भएको यात्राले विभिन्न आरोह–अवरोह पार गर्दै एउटा महत्त्वपूर्ण सिँढी चढ्न सफलता प्राप्त गरेको छ । यसक्रमका हाम्रा सिकाइ भोगाइ स्मरणीय र प्रेरणादायी छन् ।

त्यसैको जगमा आगामी दिनमा आइपर्ने सम्पूर्ण चुनौती कुशलतापूर्वक सामना गर्न र सम्भावनाका सबै ढोका खोल्न हामी तयार भएर बसेका छौं । पत्रकारिताका स्थापित मूल्य मान्यताबाट हामी कदापि पछि हट्नेछैनौं ।

लोकतन्त्र, कानुनी राज र संवैधानिक हक-अधिकारको पक्षमा दृढतापूर्वक उभिँदै मुलुकको  समृद्धि, सामाजिक न्याय र सुशासनका लागि हस्तक्षेपकारी भूमिका खेल्न हामी अगाडि नै हुनेछौं । ओझेलमा परेका सीमान्तकृत नागरिकका मुद्दा सधैँ हाम्रो प्राथमिकतामा थिए र अब पनि रहिरहनेछन् ।

तथ्यपूर्ण समाचार, प्रासंगिक विचार, ज्ञानको प्रसारण र बजार निर्देशित प्रतिस्पर्धात्मक पत्रकारिता हाम्रो उद्देश्य हो । यो उद्देश्य प्राप्तिका लागि एक वर्षमा यहाँहरूको अमूल्य सहयोग पाएका छौं । आज हामीलाई लाखौं पाठकले साथ दिइरहनुभएको छ । आगामी दिनमा पनि यहाँहरूको माया यसरी नै पाइरहने अपेक्षा र विश्वास गरेका छौं ।

अन्त्यमा, सम्पूर्ण सहकर्मी, पाठक, विज्ञापनदाता र सहयोगी एवम् शुभेच्छुकमा प्रथम वार्षिकोत्सवको हार्दिक शुभकामना ।

कृति खतिवडा

अध्यक्ष तथा प्रबन्ध निर्देशक

डिजिटल हाउस नेपाल प्रा. लि.


Comment

One thought on “चुनौतीपूर्ण एक वर्ष : नयाँ उडानको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved