‘पुष्पा-२’ मा अल्लु अर्जुनको पारिश्रमिक सवा एक अर्ब !

नेपालभ्युज

‘पुष्पा-२’ मा अल्लु अर्जुनको पारिश्रमिक सवा एक अर्ब !

काठमाडौं । तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछि अल्लु अर्जुन पूरै भारतमा चर्चित बने । उनको स्टारडमदेखि पारिश्रमिकसम्म वृद्धि भयो ।

सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ । ‘पुष्पा : द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन् । कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अल्लु अर्जुनले लिएको यो पारिश्रमिक बलिउड स्टार सलमान खान र अक्षयकुमारले लिने बराबर हो । अल्लु अर्जुनका साथै रश्मिका मन्दानाको मुख्य भूमिका रहने ‘पुष्पा-२’ आगामी वर्ष रिलिज हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved